फर्साटिकर कप : पेनाल्टीमा सिद्धार्थ क्लबको जित

फर्साटिकर (खेलदैनिक) । सिद्धार्थ क्लब, सैनामैना जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा आइतबार सम्पन्न खेलमा सिद्धार्थले गोर्खा ब्वाईज क्लब, बुटवललाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

नियमित समयतर्फ सिद्धार्थ क्लबका लागि गंगा गुरुङले गोल गरेका थिए भने गोर्खा ब्वाईजका लागि कमल गुरुङले गोल गरेका थिए । खेलमा सिद्धार्थ क्लबका गोलरक्षक शिव गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ ७ गते सोमबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र सुनौलो संगम युवा क्लब, देवीनगरबीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...