फर्साटिकर कप : विश्वशान्ति क्वाटरफाइनलमा

फर्साटिकर (खेलदैनिक) । विश्वशान्ति युवा क्लब, सालझण्डी जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा शनिबार भएको खेलमा विश्वशान्तिले जनज्योति युवा क्लब, डिङ्गरनगरलाई २–० ले हरायो । खेलमा बिजयी विश्वशान्तिका एलन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ ६ गते आइतबारको खेल गोर्खा ब्वाईज क्लब, बुटवल र सिद्धार्थ क्लब, सैनामैनबीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...