खप्तड गोल्डकप : पुलिसका पासवान सर्वोत्कृष्ट खेलाडी

धनगढी (खेलदैनिक) । नेपाल पुलिस क्लबका फरवार्ड रवि पासवान शनिबार सम्पन्न नेपाल आइस तेस्रो खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पुरस्कार स्वरुप एक थान मोटरसाइकल हात पारेका छन् ।

स्मरणीय छ, शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले रुस्लान थ्रीस्टार क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो । पुलिसको जितमा अभिषेक रिजालले एक मात्र निर्णायक गोल गरेका थिए । निर्णायक गोलकर्ता अभिषेक रिजाल फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

त्यसैगरी अन्य व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ताको पुरस्कार पुलिस कै तिर्थ राना मगरले जिते भने उत्कृष्ट गोलकिपर पनि पुलिस कै सत्रुघन चौधरी घोषित भए । उत्कृष्ट डिफेन्डर पनि पुलिस कै अजित भण्डारी घोषित हुँदा उत्कृष्ट मिडफिल्डरको पुरस्कार भने थ्रीस्टारका बिक्रम लामाले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पुलिस कै अनन्त थापा घोषित भए भने उदयीमान खेलाडी सुदुरपश्चिम–११ का जगत टमाटा घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...