सिमरा गोल्डकप : कठिन जितका साथ संकटा क्वाटरफाइनलमा

बारा (खेलदैनिक) । कठिन जितका साथ सिएमजी संकटा क्लब रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटाले सरस्वती युथ क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सरस्वतीले हार बेहोर्न पुग्यो ।

https://twitter.com/Goal_Nepal/status/1086592071350157312

निर्धारित समयतर्फ ३८ औं मिनटमा सरस्वतीका लागि मोहन गुरुङले शुरुवाती गोल गरेका थिए । तर दोस्रो हाफतर्फ ५८ औं मिनटमा जय गुरुङले संकटाका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलमा संकटाका गोलरक्षक राजा बाबु थापा म्यान अफ द म्याच घोषित भए ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...