आर्मीलाई विशाल गोल्डकपको उपाधि

पर्सा (खेलदैनिक) । दोसे विशाल मेमोरियल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

नारायणी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई सडेन डेथमा हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

https://twitter.com/Goal_Nepal/status/1086586532813627393

बिजेता आर्मीले उपाधिसहित ५,५५,५५५ रुपैया हात पारेको छ भने उपविजेता शेर्पाले २m७७m७७७ रुपैयामा चित्त बुझाएको छ । बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा गत पुष २८ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...