खप्तड गोल्डकप : थ्रीस्टारलाई हराउँदै पुलिस च्याम्पियन

धनगढी (खेलदैनिक) । नेपाल पुलिस क्लब धनगढीमा सम्पन्न नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले रुस्लान थ्रीस्टार क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । पुलिसको जितमा दोस्रो हाफको ६४ औं मिनटमा अभिषेक रिजालले एक मात्र निर्णायक गोल गरे ।

https://twitter.com/Goal_Nepal/status/1086579158212214784

बिजेता बनेको पुलिसले उपाधिसहित नगद २१ लाख हात पारेको छ भने उपविजेता थ्रीस्टारले १० लाखमा चित्त बुझाएको छ । सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...