बागमती गोल्डकप : मकवानपुर सेमिफाइनलमा

मकवानपुर (खेलदैनिक) । मकवानपुर–११ जारी दोस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा मकवानपुरले सर्लाही ११ लाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । पेनाल्टीमा मकवानपुरका लागि इरोज थापा, सुरज बिष्ट, रिजन लामा र अमिर श्रेष्ठले गोल गरे । उता सर्लाहीका लागि भने सागर तामाङ र भरत चौधरीले मात्र गोल गरे ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि माघ ११ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...