फर्साटिकर कप शुरु, चाँदनीको बिजयी शुरुवात

फर्साटिकर (खेलदैनिक) । शुक्रबारदेखि शुरु छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा चाँदनी युवा क्लब, दानापुरले बिजयी शुरुवात गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा चाँदनीले फर्साटिकर एकेडेमीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । यो जितसँगै चाँदनी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा पराजित फर्साटिकर एकेडेमीका राजेन्द्र चालिसे म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ ५ गते शनिबारको खेल विश्वशान्ति युवा क्लब, सालझण्डी र जनज्योति युवा क्लब, डिंगरनगरबीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । तियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...