एन्फा अध्यक्ष शेर्पाको प्रश्न “४० लाख बराबरको केल्मी सामाग्री खोई ?”

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाको स्टोरबाट ४० लाख बराबरी केल्मी ब्राण्डका सामाग्रीहरु हराएको खुलासा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी शेर्पाले सो कुराको खुलासा गरेका हुन् ।

स्मरणीय छ केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीका लागि आवश्यक खेलकुद सामाग्री उपलब्ध गराउने आधिकारिक कम्पनी हो । पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले यस बिषयमा तत्कालिन नेतृत्वले पनि सुनियोजित रुपमा गलत काम गरेको हुन सक्ने आशंका व्यक्त गरे । यसअघि नरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको एन्फाले केल्मीसँग पछिल्लोपटक सम्झौता गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले भने, “हामीले यो बारेमा अनुसन्धान गरिरहेका छौं । एन्फा स्टोरमा केवल १५ लाख बराबरको सामाग्री मात्र दर्ता गरिएको छ । ४० लाख बराबरको सामाग्रीहरु हराईरहेका छन् । हामीले यसबारे आवश्यक छानबिन शुरु गरिसकेका छौं ।”

वर्तमान एन्फाले पनि केल्मीसँग यसअघि नै तीन बर्षका लागि सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...