थ्रीस्टारबाट अलग भए निराजन

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबलर निराजन खड्का चर्चित घरेलु फुटबल क्लब रुस्लान थ्रीस्टारबाट अलग भएका छन् । यो कुराको पुष्टी उनले आफ्नो आधिकारिक फेसबुकबाट गरेका हुन् ।

खड्काले लेखेका छन्, “यो क्लबबाट बिदा लिने समय आईपुगेको छ । मैले थ्रीस्टार क्लबबाट अलग हुने निर्णय गरेको छु । यो क्लब सधै मेरो मनमा रहीरहनेछ । अब अगाडी बढ्ने समय आएको छ र कामलाई निरन्तरता दिनुछ । जीवनमा अन्य कतै नयाँ चुनौतिको सामना गर्नुछ ।”

थ्रीस्टारमा रहेर थुप्रै उपाधि जितेका खड्काले क्लब छोड्नुको ठोस कारण भने खुलाएका छैनन् । उता थ्रीस्थार क्लबले पनि यसबारे आधिकारिक रुपमा केही बताएको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...