पूर्व राष्ट्रिय कप्तान राकेश श्रेष्ठलाई एन्फाले प्रोत्साहन स्वरुप पाँच लाख दिने

(तस्विर : श्रेष्ठको फेसबुकबाट)

काठमाडौं (खेलदैनिक( । अखिल नेपाल फुटबल संन (एन्फा) ले पूर्व राष्ट्रिय फुटबलर राकेश श्रेष्ठलाई नगदसहित प्रोत्साहन गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न एन्फाको कार्यसमितिको बैठकले श्रेष्ठलाई नगद ५ लाखसहित प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

स्मरणीय छ, नेपाली फुटबलमा दशक भन्दा बढी योगदान दिएका श्रेष्ठलाई उनले नेपाली फुटबलमा पुराएको योगदानको कदर स्वरुप तत्कालिन एन्फाका अध्यक्ष गणेश थापाले अपार्टमेन्ट दिने घोषणा र निर्णय गरे तापनि श्रेष्ठले त्यो अपार्टमेन्ट अझै पाएका छैनन् ।

उता एन्फाको वर्तमान कार्यसमितिले फुटबलर श्रेष्ठलाई दिने आर्थिक पुरस्कार रकमबारे भने थप खुलाएको छैन । गत बर्ष आर्मीका राजु तामाङले उत्कृष्ट खेलाडीको पुरस्कार स्वरुप नगद २५ लाख हात पारेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...