एन्फाले महिला फुटबल टोलीलाई नगदसहित सम्मान गर्ने

काठमाडौं (खेलदैनिक( । अखिल नेपाल फुटबल संन (एन्फा) ले नेपाली महिला फुटबल टोलीलाई जनही ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको एन्फाको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

स्मरणीय छ, महिला टोलीले गत नोभेम्बरमा म्यानमारमा सम्पन्न सन् २०२० को टोक्यो ओलम्पिक छनौटर्फ तेस्रो उत्कृष्ट टोलीका रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।

त्यस्तै एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली यु–१९ महिला फुटबल टोलीलाई पनि एन्फाले जनही २५ हजारका दरले सम्मान गर्ने निर्णय गरेको छ ।

साथै एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको क्याम्पमा रहेका ३० खेलाडीहरुलाई पनि १० हजारका दरले बोनस रकम दिने घोषणा गरेको छ । फागुन २८ देखि बिराटनगरमा हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि ३० महिला खेलाडीहरु हाल बन्द्र प्रशिक्षणमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...