सिमरा गोल्डकप : आयोजकको बिजयी शुरुवात

बारा (खेलदैनिक) । बिहीबारदेखि शुरु रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लबले बिजयी शुरुवात गरेको छ ।

सिमरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले मकवानपुर–११ लाई ३–० ले हराउँदै बिजयी शुरुवात गरेको हो । आयोजकको जितमा निरज थापा मगरले खेलको ४६ र ७१ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने ६० औं मिनटमा प्रज्ज्वल थापा मगरले गरे ।

खेलमा दुई गोल गरेका आयोजकका निरज थापा मगर म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल नेपाल एपिएफ क्लब र बिशाल मेमोरियल फाउण्डेशनबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...