खप्तड गोल्डकप : संकटालाई हराउँदै पुलिस फाइनलमा

धनगढी (खेलदैनिक) । नेपाल पुलिस क्लब धनगढीमा जारी नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा पुलिसले सिएमजी संकटा क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै फाइनलमा पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

https://twitter.com/Goal_Nepal/status/1085861290369634304

पुलिसको जितमा अन्तिमतिर वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका गोलरक्षक रोशन खड्का नायक बने । उनले पेनाल्टीमा संकटाका सुवास गुरुङको प्रहार रोक्दै टोलीलाई उपाधितर्फ डोराएका थिए । खेलमा पुलिसका गोलरक्षक खड्का नै म्यान अफ द म्याच घोषित भए ।

पुलिसले अब उपाधिका लागि माघ ५ गते शनिबार अर्को बलियो टोली रुस्लान थ्रीस्टार क्लबसँग फाइनल खेल्नेछ । सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...