नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कालिन

काठमाडौं (खेलदैनिक( । अखिल नेपाल फुटबल संन (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जोहान कालिनको नियुक्तीबारे पुष्टी गरेको छ । बिहीबार काठमाडौंमा बसेको एन्फाको कार्यसमिति बैठकले कालिनको नियुक्तिबारे पुष्टी गरेको हो ।

नेपाली फुटबल साईट गोलनेपालका एन्फाले कालिनसँगको आर्थिक सम्झौताबारे केही खुलाएको छैन । साथै स्वीडीस प्रशिक्षकको कार्यकालबारे पनि स्पष्ट रुपमा खुलासा गरिएको छैन ।

स्मरणीय छ, कालिनले अहिलेसम्म राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका छैनन् । यद्यपि उन युईएफएको मान्यताप्राप्त व्यवसायीक प्रशिक्षक भने हुन् ।

उनकै प्रशिक्षकीय जिम्मेवारीमा केही बर्ष अघि रेडबुल ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सनसनीपूर्ण रुपमा दोस्रो स्थानमा रहेर लिगको शानदार समापन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...