बिशाल गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक

पर्सा (खेलदैनिक) । रोमाञ्चक जितका साथ हिमालयन शेर्पा क्लब दोसे विशाल मेमोरियल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा शेर्पाले घरेलु टोली बिरगंंज–११ लाई टाईब्रेकरमा ४–२ ले हरायो । यसअघि निर्धारित समयको खेल भने दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा बिरगंजका कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए ।

https://twitter.com/Goal_Nepal/status/1085549030384398336

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल दुई बलिया टोली झापा–११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजककले जनाएको छ ।

बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ रुपैया हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...