
धनगढी (खेलदैनिक) । उपाधिको दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब धनगढीमा जारी नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । थ्रीस्टारको जितमा रुपेश केसी र सुनिल बलले एक–एक गोल गरे ।
खेलमा थ्रीस्टारका गोलकर्ता सुनिल बल म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।
सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।