बिशाल गोल्डकप : सेमिफाइनलमा झापा र आर्मी भिड्ने

पर्सा (खेलदैनिक) । शानदार जितका साथ झापा–११ जारी दोसे विशाल मेमोरियल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा झापाले रोयल एफसी, दार्जिलिङलाई ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । झापाको जितमा राजकुमार कान्दङ्वा, आशिष चापागाईं, शक्ति राई र विकेस लिम्बुले गोल गरे । उता पराजित रोयलका लागि सिद्धान्त क्षेत्री र करन राईले सान्त्वना गोल गरे ।

https://twitter.com/Goal_Nepal/status/1085169394014052358

खेलमा झापाका आशिष चापागाईं म्यान अफ द म्याच घोषित भए । अब झापाले सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारबो पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र बिरगंज–११ बीच हुने आयोजकले जनाएको छ ।

बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ रुपैया हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...