छैठौं फर्साटिकर कप माघ ४ गतेदेखि (खेलतालिकासहित)

फर्साटिकर (खेलदैनिक) । रुपन्देहीको सौ.फर्साटिकरमा यसबर्ष पनि छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिता यहि माघ ४ गतेदेखि शुरु हुँदैछ ।

फर्साटिकर उच्च माविको खेलमैदान हुने प्रतियोगितामा, रुपन्देही, नवलपरासी, कपिलवस्तु र काठमाडौंका गरी कुल १६ टोलीहरुले सहभागिता जनाउने छन् ।

त्यस्तै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । जसअन्तरगत प्रतियोगिताको उद्घाटन खेलमा माघ ४ गते फर्साटिकर एकेडेमी र चाँदनी युवा क्लब भिड्ने खेल संयोजक अर्जुन थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीलाई जनही २१–२१ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...