बिशाल गोल्डकप : आर्मीको जितमा भरत खवासको ह्याट्रिक

पर्सा (खेलदैनिक) । विभागीय टोली त्रिुभवन आर्मी क्लब बिरगंजमा जारी दोसे विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा सोमबार सम्पन्न खेलमा आर्मीले नव जनजागृति युवा क्लब, सिमरालाई ३–० ले हरायो । आर्मीको जितमा कप्तान भरत खवास एक्लैले ह्याट्रिक गरे ।

ह्याट्रिक गरेका आर्मीका कप्तान खवास खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत माघ १ गते मंगलबारको खेल झापा–११ र रोयल एफसी, दार्जिलिङबीच हुने आयोजकले जनाएको छ । मंगलबारको खेलमा जित हात पार्ने टोलीले आर्मीको सामना गर्नेछ ।

बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ रुपैया हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...