फाल्गुनन्द गोल्डकपमा झापाका देवेन्द्र बने सर्वोत्कृष्ट खेलाडी

पाँचथर (खेलदैनिक) । रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टोली झापाका डिफेन्डर देवेन्द्र तामाङ घोषित भएका छन् । तामाङले पुरस्कार स्वरुप एक थान यामाहा मोटरसाइकल प्राप्त गरे ।

स्मरणीय छ प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका देवेन्द्रले झापालाई फाइनलमा उपाधि जिताउन पनि महत्वपूर्ण योगदान दिएका थिए । सोमबार सम्पन्न फाइनलमा झापाले आर्मीलाई २–१ ले हराउँदै उपाधि जितेको थियो ।

विजेता बनेको झापाले उपाधिसहित नगद ४ लाख हात पारेको थियो भने आर्मीले २ लाखमा चित्त बुझाएको थियो । फिदिम स्र्पोटिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...