खप्तड गोल्डकप : रुपेशको गोलसँगै थ्रीस्टार सेमिफाइनलमा

गोल गरेपछि खुशी मनाउँदै थ्रीस्टारका रुपेश केसी (बाँया) ।

धनगढी (खेलदैनिक) । दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लब नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले च्यासल युथ क्लबको चुनौति १–० ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । थ्रीस्टारका लागि ८८ औं मिनटमा रुपेश केसीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

निर्णायक गोलकर्ता केसी खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल सिएमजी संकटा क्लब र डेफिनास टिम फेमिली, क्यामरुन बीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...