
पाँचथर (खेलदैनिक) । रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जित्न सफल भएको छ ।
फिदिम माविको स्थानीय खेलमैदानमा सोमबार सम्पन्न फाइनल भिडन्तमा झापाले विभागीय टोली त्रिुभवन आर्मी क्लबलाई २–१ ले हरायो । विजेता बनेको झापाले उपाधिसहित नगद ४ लाख हात पारेको छ । त्यस्तै उपविजेता आर्मीले भने २ लाखमा चित्त बुझाएको छ ।
फिदिम स्र्पोटिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको संयुक्त आयोजनामा पुष २१ गतेदेखि शुरु प्रतियोगितामा कुल दश टोलीहरुको सहभागिता रहेको थियो ।