फाल्गुनन्द गोल्डकप : को बन्ला सर्वोत्कृष्ट ? यस्ता छन् दावेदारहरु

पाँचथर (खेलदैनिक( । फिदिममा जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकपको फाइनलमा आर्मी र झापा भिड्दै गर्दा धेरेको ध्यान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने पुुरस्कारतर्फ पनि हुनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउने छन् । र यो पुरस्कारको दावेदारीतामा आर्मी र झापाकै खेलाडीहरु अगाडी रहेका छन् ।

यो उपाधिको प्रबल दावेदारको होडमा अगाडी छन् झापाका कर्ण लिम्बु । झापाका लागि गोल गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुराएका लिम्बु यो पुरस्कारको बलियो प्रत्याशी मानिएका छन् । यद्यपि यो पुरस्कार लागि झापा कै देवेन्द्र तामाङ र दिलेन लोक्तमको नाम पनि अगाडी छ ।

उता यो पुरस्कारका लागि आर्मीका कप्तान युद्ध शाहीलाई पनि दावेदार मानिएको छ । त्यस्तै आर्मीलाई फाइनलसम्म पर्याउन उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक विश्वास चौधरी पनि यो पुरस्कारको हकदार रहेको धेरैको बुझाई छ ।

यद्यपि यो पुरस्कारको घोषित विजेता भने फाइनल खेलपछि नै थाहा हुनेछ । कसले गुडाउला त यो मोटरसाइकल ? अनुमान लगाउने जिम्मा तपाईंहरुको ।


प्रतिक्रिया दिनुहोस

Loading...