इटहरी गोल्डकप माघ १२ देखि, विजेतालाई १६ लाख

इटहरी (खेलदैनिक) । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा यहि आउँदो माघ १२ गतेदेखि मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप हुने भएको छ ।

सुनसरीको इटहरीमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख र उपविजेताले ८ लाख हात पार्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दियो ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने प्रत्येक खेलाडीले जनही २०–२० हजार हात पार्ने समेत आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लब, रुस्लान थ्रीस्टार क्लब, लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, झापा–११, अफ्रिकी टोली र जर्ज टेलिग्राफ कोलकाता गरी कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...