फाल्गुनन्द गोल्डकप : आर्मी र झापाबीचको फाइनल भिडन्त आज

पाँचथर (खेलदैनिक) । रुस्लान दशौं फाल्गुनन्द गोल्डकपको फाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्दै छन् ।

फिदिम माविको स्थानीय खेलमैदानमा दिनको २ बजे शुरु हुने आजको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने भएको अनुमान छ । फाइनल अघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्न फिदिप आइपुगेको बताईसकेका छन् ।

https://twitter.com/Goal_Nepal/status/1084637986522890240

आर्मीले अधिकांश दोस्रो रोजाईको टोली लिएर उत्रिने भए तापनि झापाले विपक्षीलाई हलुका रुपमा नलिने पनि स्पष्ट पारेको छ । साथै सेमिफाइनलमा सामान्य चोटिल बन्न पुगेका भरपर्दा फरवार्ड कर्ण लिम्बु फाइनल खेलका लागि फिट हुनु झापाको लागि सुखद पक्ष पनि हो ।

फिदिम स्र्पोटिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...