विश्वासको ह्याट्रिकसँगै शेर्पा सेमिफाइनलमा

पर्सा (खेलदैनिक) । उत्कृष्ट जितका साथ हिमालयन शेर्पा क्लब जारी दोसे विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा आइतबार सम्पन्न खेलमा शेर्पाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ४–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो । शेर्पाको जितमा म्यान अफ द म्याच समेत घोषित विश्वास श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै थप एक गोल भने अफ्रिकी खेलाडीले गरेका थिए ।

उता पराजित एपिएफका लागि रबि थिङले एक मात्र सान्त्वना गोल फर्काएका थिए । प्रतियोगिता अन्तरगत पुष ३० गते सोमबारको खेल नव जनजागृति युवा क्लब, सिमरा र त्रिभुवन आर्मी क्लब, काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ रुपैया हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...