खप्तड गोल्डकप : पुलिससँग लिग च्याम्पियन मनाङ स्तब्ध

धनगढी (खेलदैनिक) । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा पुलिसले मनाङलाई १–० को झिनो अन्तरले हरायो । पुलिसको जितमा खेलको ६८ औं मिनटमा निर कुमार राईले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र च्यासल युथ क्लबबीच हुनेछ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...