उपाधि जित्न फिदिम आएको झापाका प्रशिक्षक प्रवेश कटुवालको भनाई

पाँचथर (खेलदैनिक) । झापा–११ का प्रशिक्षक प्रवेश कटुवाल रुस्लान दशौं फाल्गुनन्द गोल्डकपको फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा पूर्ण आत्मविश्वासी देखिए । स्मरणीय छ, झापाले सोमबार फाइनलमा उपाधिका लागि फिदिम माविको खेलमैदानमा बलियो त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।

पत्रकार सम्मेलनमा बोल्दै कटुवालले भने, “हामी यहाँ उपाधि जित्न आएका हौं । आर्मी उत्कृष्ट टोली हो तर हामीसँग पनि अनुभवी खेलाडीहरु छन् । हामीले त्यसको पूर्ण फाईदा उठाउने छौं ।”

साथै उनले आर्मीको दोस्रो रोजाईको खेलाडी भनेर विपक्षीलाई हलुका रुपमा नलिने समेत स्पष्ट पारे । यसका साथै प्रशिक्षक कटुवालले फाइनल खेलका लागि थप सिनियर खेलाडीहरुलाई नउतार्ने समेत स्पष्ट पारे ।

उता झापाका कप्तान कर्ण लिम्बुले आफू फाइनल खेलका लागि फिट हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै लिम्बुले भने “म सेमिफाइनलमा घाइते भएको थिएँ । यद्यपि फाइनलका लागि म पूर्ण रुपमा तयार छु ।” साथै उनले न्यानो माया र समर्थनका लागि फिदिमका समर्थकहरुलाई धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...