प्रशिक्षक हुमागाईले भने “नेपाली खेलाडीको खेल र स्तर निकै खस्किएछ”

पोखरा (खेलदैनिक) । थ्रीस्टारलाई चार बर्षअघि लिग च्याम्पियन बनाएर घरेलु फुटबलमा चर्चा कमाएका प्रशिक्षक प्रदिप हुमागाई अहिले नेपाल आएका छन् । पछिल्लो पटक लिगमा थ्रीस्टारलाई लिग च्याम्पियन मात्र बनाएनन नेपालमा आयोजना भएका धेरै खेलहरुमा थ्रीस्टारको वर्चश्व जमाउन पनि सफल रहे ।

काठमाडौ बानेश्वरका प्रदिप अमेरिकामा आफ्नो प्रशिक्षणको भविष्य खोज्दै उतै छन । तर उनले फुटबललाई छोडेका छैनन । अमेरिका पेन्सिलभेनिया राज्यको वेष्टहाम यूनाइटेड एकेडेमीमा उनी प्रशिक्षकका रुपमा व्यस्त छन । करिब तिन वर्षको व्यस्त जिवनलाई पन्छाएर नेपाल फर्केका उनी यति बेला पोखरामा छन ।

“नेपाल आउने वित्तिकै किन हो किन पोखरा आउन मन लागिहाल्छ” प्रदिप भन्छन त्यही भएर ४–५ दिनको लागि भएपनि पोखरा आएको बताए । यति बेला पोखराको आकाशमा डम्म बादल भएर पनि उनको मन त्यती खेल्न सकेको छैन । उनी मौसमदेखि वाक्क भएका छन । अमेरिकाको चिसो छल्न नेपाल आएका उनलाई पोखराको मौसमले पनि निकै च्यालेन्ज गरे जस्तो लाग्दैछ ।

त्यसैक्रममा हुमागाई आफ्नो पोखरा घुम्ने समयलाई थाती राख्दै उनी सहारा एकेडेमी पुगेका थिए । तीन वर्ष अघि भेटेका ती बालकहरुको फुटबल स्किल बढेको पाउँदा निकै खुसी लागेको अनुभव समेत सुनाए ।

????????????????????????????????????

आफू फुटबल प्रशिक्षक भएर पनि होला उनले एक घन्टा सम्म एकेडेमीका २८ जना बालकहरुलाई फुटबलका विभिन्न ज्ञानहरु बाँडे र फुटबल कलाहरु सिकाए । एक पछि अर्को गर्दै उनीहरुलाई नयाँ नयाँ स्किलका बारेमा जानकारी दिइरहँदा उनीहरु पनि फुटबलको स्किलहरु सिक्न व्यस्त देखिन्थे ।

बालकहरुसँगै आधा घन्टा फुटबलमा भिडे । उनले बालकहरुलाई गोल गर्ने तरिका र डिफेन्सलाई बलियो बनाउने तरिका, पास गर्ने तरिकाका बारेमा एक पछि अर्को गर्दै प्रशिक्षण दिइरहेका थिए । मैदानबाट बाहिर निस्के पछि बालकरुले एकै स्वरमा भने–“गुरुले आज राम्रो सिकाउनु भयो ।”

मैदानमा रहेका प्रदिपसँगको भेटमा हालै सकिएको लिगका बारेमा प्रश्न गर्दा खासै उज्यालोपन उनमा देखिएन उनी भन्छन् – “नेपाली खेलाडीको खेल र स्तर निकै खस्किएछ ।” तर उनी आशाबादी पनि छन । नेपालमा नयाँ खेलाडीको उत्पादन नहुनु पनि एक हो । नियमित प्रशिक्षण र अहिलेका नयाँ टेक्निकल र स्किलका कुराहरु समात्न सक्नुपर्छ । केही खेलाडीले त्यसलाई आत्मसाथ गर्न सके पनि सबैको एउटै क्षमताको हुन नसकेको उनको भनाई छ ।

प्रदिपले जतीबेला सम्म नेपालमा काम गरे उनले छाप छोडे । उनले कर्तब्यको पालनासंगै कामको स्यावाशी सबैबाट पाए । हुने विरुवाको चिल्लो पात जस्तै प्रदिप नेपाली फुटबलका एक कुशल प्रशिक्षक हुन भन्न्ुमा दुईमत नहोला ।

उनी जहाँ छन उनले आफ्नो कर्तब्य बिर्सेका छैनन । नेपाली फुटबलको नाम जहाँ रहे पनि पछ्याइरहने उनको नेपाली फुटबलमा खाँचो अवश्य छ । तर राजनितीले गाजेको नेपाली फुटबलको यात्रामा प्रदिप जस्ता नअटाउन पनि सक्छन ।


प्रतिक्रिया दिनुहोस

Loading...