
बारा (खेलदैनिक) । माघ पहिलो सातादेखि शुरु हुन गईरहेको रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुँगो लगाइएको छ ।
नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा यहि आउँदो माघ ३ देखि १२ गतेसम्म हुन गईरहेको प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको खेलतालिका भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
बारा स्थित सिमरा रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
यस्ता छन् सहभागी टोलीहरु
नेपाली आर्मी, सिएमजी संकटा क्लब, नेपाल एपिएफ क्लब, सरस्वती युथ क्लब, बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, मकवानपुर–११ र आयोजक नव जनजागृति युवा क्लब ।