खप्तड गोल्डकप : संकटा क्वाटरफाइनलमा

धनगढी (खेलदैनिक) । ए डिभिजन लिगको उपविजेता सिएमजी संकटा क्लब नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी स्टेडियममा शुक्रबार सम्पन्न खेलमा संकटाले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई २–० ले हरायो । संकटाको जितमा पहिलो हाफको इन्जुरी समयमा रवि सिलवालले पहिलो गोल गरे भने दोस्रो हाफतर्फ ८३ औं मिनटमा म्याक्सवेलले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा संकटाका गोलरक्षक राजा बाबु थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पुष २८ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल नेपाल एपिएफ क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...