
पाँचथर (खेलदैनिक) । झापा ११ जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार फिदिम माविको स्थानीय खेलमैदानमा सम्पन्न खेलमा झापाले सरस्वती युथ क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हरायो । झापाको जितमा दोस्रो हाफको ५३ औं मिनटमा कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ द म्याच भने झापाका डिफेन्डर दिलेन लोक्तम घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो सेमिफाइनल खेल रोयल एफसी, दार्जिलिङ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।