बागमती गोल्डकप माघ पहिलो साता, विजेतालाई ३ लाख

मकवानपुर (खेलदैनिक) । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो माघ २ गतेदेखि शुरु हुने भएको छ ।

कुल दश टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने माघ ११ गते हुनेछ ।

https://twitter.com/Goal_Nepal/status/1083570715876577281

साथै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिकाले भरतपुर एफसी, चितवनको सामना गर्नेछ ।

यस्ता छन् सहभागिता जनाउने टोलीहरु :

बागमती गाउँपालिका (आयोजक), मध्यपुर युथ, बिरगंज युथ एकेडेमी, नेपाल आर्मी, मकवानपुर–११, नेपाल एपिएफ, नव जनजागृति युवा क्लब सिमरा, सरस्वती युथ क्लब, काठमाडौं, सर्लाही–११, भरतपुर एफसी, चितवन


प्रतिक्रिया दिनुहोस

Loading...