
पाँचथर (खेलदैनिक( । रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज झापा–११ र सरस्वती युथ क्लब भिड्दे छन् ।
सेमिफाइनल यात्रा तय गर्ने क्रममा झापाले पहिलो खेलमा कर्णसिंह सोनाम मेमोरियल एफसीलाई हराएको थियो भने क्वाटरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको थियो ।
उता सोझै बाइ पाएर क्वाटरफाइनल खेलेको सरस्वतीले भने डिफेन्डिङ च्याम्पियन सुनसरी–११ लाई हराएको थियो । फिदिम माविको स्थानीय खेल मैदानमा हुने आजको पहिलो सेमिफाइनल खेल पनि रोमाञ्चक हुने अनुमान छ ।
खेल दिनको २:३० बजेदेखि शुरु हुँदैछ । खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमबाट पनि हेर्न सकिनेछ ।