फाल्गुनन्द गोल्डकप : करन राईको दुई गोलसँगै दार्जिलिङ सेमिफाइनलमा

पाँचथर (खेलदैनिक) । रोयल एफसी, दार्जिलिङ रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा दार्जिलिङले ब्वाईज युनियन क्लब, काठमाडौंलाई २–० ले हरायो । दार्जिलिङको जितमा दुवै गोल करन राईले गरे ।

खेलमा दुई गोल गरेका दार्जिलिङका करन राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । दार्जिलिङले अब सेमिफाइनलमा शनिबार बलियो त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

साथै बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत पुष २७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल झापा–११ र सरस्वती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...