पर्सा (खेलदैनिक) । दोस्रो बिशाल मेमोरियल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी सबै पूरा भएको आयोजकले जनाएको छ ।
बिशाल मेमोरियल फाउण्डेशनको आयोजनामा यहि पुष २८ गतेदेखि बिरगंज स्थित नारायणी स्टेडियममा शुरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको फाइनल खेल भने माघ ५ गते हुनेछ । प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लब हो ।
साथै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली बिरगंज – ११ ले साउदर्न सेमिटी, कोलकाता (भारत) को सामना गर्नेछ ।
हेर्नुहोस प्रतियोगिताको पूर्ण खेलतालिका :
