साफ महिला च्याम्पियनसिपलाई बिराटनगर महानगरपालिकाको एक करोड

काठमाडौं्र (खेलदैनिक) । बिराटनगर महानगरपालिकाले फागुन अन्तिम सातादेखि शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि १ करोडको बजेट छुटाएको छ ।

काठमाडौं बाहिर पहिलोपटक बिराटनगरमा हुन लागेको प्रतियोगितालाई सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने बिराटनगरका नगरप्रमुख भिम पराजुलीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बताए ।

बिराटनगर स्थिन शहिद रंगशालामा आउँदो फागुन २८ गतेदेखि चैत ८ गतेस्म्म हुन गईरहेको साफ महिला च्याम्पियनसिपमा सार्क राष्ट्रका सात टोलीहरुले सहभागिता जनाउँदैछन् ।

समूह ए तर्फ आयोजक नेपालसँगै पाकिस्तान, बंगलोद र भुटान रहेका छन् भने समूह बी मा साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...