युरोपियन मैदानमा जम्ने प्रयास गर्दै बिमल

काठमाडौं (खेलदैनिक) । ट्रायलका लागि हाल बेल्जियममा रहेका नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरको टोली लिर्से एसकेले एक मैत्रीपूर्ण फुटबल म्याचमा हार बेहोरेको छ ।

क्लबको आधिकारीक वेबसाईटमा प्रकाशित रिपोर्टअनुसार लिर्सेले नेदरल्याण्डमा भएको मैत्रीपूर्ण फुटबल म्याचमा डच क्लब रोडा जेसीसँग २–० को हार बेहोरेको थियो । रिपोर्टअनुसार त्यो खेलमा नेपाली फरवार्ड बिमल घर्ती मगरले पनि खेलेका थिए ।

नब्बेको दशकमा बेल्जियन लिग च्याम्पियन समेत रहेको लिर्सेले चर्चित च्याम्पियन्स लिग समेत खेलेको थियो । हाल इजिप्शियन व्यवसायीको स्वामित्वमा रहेर बेल्जियन दोस्रो डिभिजनको लिग खेलिरहेको लिर्सेले सन् २०१७–१८ को सिजन चौथो स्थानमा रहेर समापन गरेको थियो ।

स्मरणीय छ बिमलले यसअघि पनि बेल्जियमको चर्चित क्लब आरएससी एन्डरलेक्ट र अन्य बेल्जियन कलबहरुमा पनि ट्रायल दिएका थिए ।

(तस्विर : लिर्से एसके)

प्रतिक्रिया दिनुहोस

Loading...