खप्तड गोल्डकप : पुलिसको जितमा तिर्थको ह्याट्रिक

धनगढी (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी स्टेडियममा बुधबार सम्पन्न खेलमा पुलिसले मोरङ–११ लाई ३–० ले हरायो । पुलिसको जितमा तिर्थ रानाले प्रतियोगिताको पहिलो ह्याट्रिक गरे । ह्याट्रिक गरेका राना खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

पुलिसले अब क्वाटरफाइनलमा यहि पुष २९ गते लिग च्याम्पियन तथा उपाधिको दावेदार मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बिहीबारको खेल च्यासल युथ क्लब र दिल्ली युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...