भिक्टर निर्णायक बन्दा सरस्वतीसँग डिफेन्डिङ च्याम्पियन सुनसरी स्तब्ध

पाँचथर (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन सुनसरी–११ लाई हराउँदै सरस्वती युथ क्लब जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

https://twitter.com/Goal_Nepal/status/1082964637316833280

बुधबार फिदिम माविको स्थानीय खेलमैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा सरस्वतीले सुनसरीको चुनौति २–१ ले समाप्त पार्यो । सरस्वतीको जितमा दुवै गोल अफ्रिकी खेलाडी भिक्टर एमोबीले गरे । उता पराजित सुनसरीका लागि दिपेन तामाङले एक मात्र गोल फर्काए ।

बुधबार सरस्वतीका लागि निर्णयक बनेका भिक्टर खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल रोयल एफसी, दार्जिलिङ र ब्वाईज युनियन क्लब, काठमाडौंबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...