संकटाद्वारा खेलाडीहरुलाई सम्मान

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको सिएमजी संकटा क्लबले आफ्ना खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

१३ खेलबाट कुल २८ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको संकटाले लिगमा पुरस्कार स्वरुप नगद ३५ लाख हात पारेको थियो । स्मरणीय छ अंकतालिकामा संकटा लिग च्याम्पियन मनाङ भन्दा ८ अंकले पछि परेको थियो ।

सम्मान कार्यक्रममा क्लबले आफ्ना खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई कडा मेहनत र त्यो सफलताका लागि धन्यवाद दिएको थियो ।

सो सम्मान कार्यक्रमका क्लबका अध्यक्ष, एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...