फुटबलर कर्ण लिम्बु सम्मानित

पाँचथर (खेलदैनिक) । नेपाली घरेलु फुटबलमा आफ्नो विशेष पहिचान बनाएका झापाका चर्चित फरवार्ड कर्ण लिम्बुलाई फिदिममा सम्मान गरिएको छ ।

फिदिममा जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकप खेल्न त्यहाँ पुगेका कर्णलाई किराँत याकथुङ चुम्लुङले एक कार्यक्रमका बीच सम्मान गरेको हो । स्मरणीय छ, कर्णको कप्तानीमा रहेको झापा–११ हाल फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सम्मान थापिसकेपछि झापाली फरवार्ड लिम्बुले खुशी समेत व्यक्त गरे र यस्ता सम्मानहरुले फुटबलमा थप केही गर्न हौसला मिल्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...