खप्तड गोल्डकप : काकरभित्ताको बिजयी शुरुवात

धनगढी (खेलदैनिक) । सर्वाधिक पुरस्कार राशीको नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले बिजयी शुरुवात गरेको छ ।

बिजयी शुरुवात गर्ने क्रममा मंगलबार उद्घाटन खेलमा काकरभित्ताले आयोजक नेपाल आइस सुदुरपश्चिम–११ लाई सडेन डेथमा ७–६ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काकरभित्ताका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच घोषित भए । यो जितसँगै काकरभित्ता क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत बुधबारको खेल मोरङ–११ र विभागीय टोली नेपाल पुलिस क्लबबचि हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...