विकास बने लिगको उदयीमान खेलाडी

काठमाडौं (खेलदैनिक) । विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिकास खवास मंगलबार सम्पन्न पल्सर शहिद स्मारक ए डिभिजन लिगको उदयीमान खेलाडी घोषित भएका छन् ।

आर्मीले यस बर्ष लिग जित्न नसके तापनि विकासको प्रदर्शन भने प्रतियोगिताभरि उत्कृष्ट रह्यो । उनले पुरस्कार स्वरुप नगद ५० हजार र ट्रफी प्राप्त गरे ।

https://twitter.com/Goal_Nepal/status/1082656947776700425

नेपाली राष्ट्रिय यु–१९ फुटबल टोलीको सदस्य समेत रहेका खवासले वर्तमान नेपाली फुटबलको उदाउँदा स्टार डिफेन्डरका रुपमा समेत आफ्नो छवी बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...