ए डिभिजन लिग : व्यक्तिगत पुरस्कारमा मनाङकै वर्चश्व

काठमाडौं (खेलदैनिक) । मंगलबार सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत विद्यातर्फ लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब कै वर्चश्वय रह्यो ।

काठमाडौं (खेलदैनिक) । मंगलबार सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत विद्यातर्फ लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब कै वर्चश्वय रह्यो ।

मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम चरणको खेलमा फ्रेण्डस क्लबसँग १–० ले पराजित भए तापनि मनाङ त्यसअघि नै लिग विजेता बनिसकेको थियो । विजेता बनेको मनाङले उपाधिसहित नगद ५० लाख हात पार्यो ।

https://twitter.com/Goal_Nepal/status/1082619768379568128

व्यक्तिगत विद्यातर्फ पनि मनाङले तीन विद्यामा आफ्नो कब्जा जमायो । त्यसमध्ये उत्कृष्ट गोलरक्षक मनाङका विशाल श्रेष्ठ घोषित भए भने उत्कृष्ट मिडफिल्डर मनाङकै हेमन गुरुङ घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि मनाङका सुमन श्रेष्ठले हात पारे ।

त्यस्तै उत्कृष्ट डिफेन्डर थ्रीस्टारका रजिन धिमाल घोषित भए भने उत्कृष्ट फरवार्ड आर्मीका भरत खवासले जिते । विद्यागत उत्कृष्ट बनेका खेलाडीहरुले जनही एक–एक थान मोटरसाइकल प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...