फाल्गुनन्द गोल्डकप : आयोजकलाई हराउँदै आर्मी अन्तिम चारमा

पाँचथर (खेलदैनिक) । अधिकांश दोस्रो रोजाईको खेलाडी लिएर उत्रिएको त्रिभुवन आर्मी क्लब रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको स्थानीय खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा ४–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

टाइब्रेकरमा बिपक्षीको दुई प्रहार रोकेका आर्मीका विश्वास चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद दश हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबारको तेस्रो क्वाटरफाइनलमा साविक विजेता सुनसरीले सरस्वती युथ क्लब, काठमाडौंको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...