लिग च्याम्पियन मनाङलाई ५० लाख, यस्तो छ शिर्ष पाँच भित्र पर्ने टोलीहरुले पाएको पुरस्कार रकम

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार फ्रेण्डस क्लबसँग हारका बावजुद यसअघि नै लिग च्याम्पियन बनेको मनाङ मस्र्याङ्दी क्लबले उपाधिसहित नगद ५० लाख हात पारेको छ ।

साथै लिग विजेता बनेको मनाङले नेपालको प्रतिनिधित्व गर्दै यस बर्षको प्रतिष्ठित एएफसी एएफसी कपमा पनि सहभागिता जनाउने छ । एएफसी कपको समूह ई मा परेको मनाङले भारत, बंगलादेशको लिग विजेताहरुसँग खेल्नेछ ।

त्यसैगरी कुल २८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेर लिगको समापन गरेको संकटा क्लबले ३५ लाख प्राप्त गरेको छ भने २६ अंकका साथ तेस्रो स्थानमा रहेको रुस्लान थ्रीस्टार क्लबले २५ लाख प्राप्त गरेको छ । त्यस्तै थ्रीस्टार भन्दा एक अंकले पछि परेको त्रिभुवन आर्मी क्लबले १५ लाख हात पारेको छ ।

कुल २३ अंकका साथ पाँचौं स्थान हासिल गरेको अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले भने ७ लाख नगद पुरस्कार हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...