ए डिभिजन लिग : अन्तिम खेलमा हार्यो मनाङ

काठमाडौं (खेलदैनिक) । यस बर्षको शहिद स्मारक ए डिभिजन लिग शतप्रतिशत जितका साथ समापन गर्ने लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबको योजना फ्रेण्डस क्लबले समाप्त पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सम्पन्न लिगको अन्तिम चरणको खेलमा फ्रेण्डसले मनाङको चुनौति १–० ले पन्छाउँदै लिगविजेताको अपराजित यात्रामा पूर्णविराम लगाएको हो । लिगमा फ्रेण्डसको यो तेस्रो जित समेत हो ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोडटिम (एनआरटी) र ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले गोलरहित बराबरी खेल्दै लिगको समापन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...