एन्फाले उदयीमान खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिगको उदयीमान खेलाडीहरु तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने भएको छ ।

गोलनेपालका अनुसार एन्फाले उदयीमान प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई सम्मान स्वरुप जनही नगद ५० हजारका दरले सम्मान गर्ने घोषणा गरेको हो ।

लिगमा उत्कृष्ट विद्यागततर्फका खेलाडीहरुले एक–एक थान मोटरसाइकल हात पार्ने छन् । एन्फाले मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पुरस्कार वितरण कार्यक्रम गर्दैछ ।

स्मरणीय छ, यस बर्षको पल्सर शहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मस्र्याङ्दी क्लबले यसअघि नै जितिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...